सामाजिक रूपान्तरणमा मधेसी आयोगको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति | Khabarhub Khabarhub

सामाजिक रूपान्तरणमा मधेसी आयोगको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

मधेसी आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने ‘नेपालमा उल्लेख्य जनसङ्ख्या रहेको मधेसी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी आयोगले बिना विषयान्तरको आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेसी जनअपेक्षाअनुरुप सक्रियता बढाउन जरुरी छ । आयोगले यस वार्षिकोत्सवलाई विगतमा गरेका काम र गतिविधिहरुको समीक्षा गर्ने अवसरका रुपमा लिँदै आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ ।’

उनले मधेसी समुदायका लागि आयोगले सचेतना र सशक्तीकरण कार्यक्रमका साथै मधेसी समुदायको हकहित संरक्षण गर्दै मधेस र मधेसीको इतिहास तथा मधेस जनविद्रोहका उपलब्धिलाई दस्तावेजीकरण र मधेसीको अधिकारको पृष्ठपोषण गर्नमा क्रियाशील हुनुपर्छ भने। 

उपराष्ट्रपतिले संवैधानिक आयोगहरूबीच परस्पर बाझिने कानुनी क्षेत्राधिकारलाई संशोधन गर्न जरुरी रहेको बताए। उनले मधेसी आयोगका दस्तावेजहरु कुनै दल वा व्यक्ति केन्द्रित भन्दा पनि सिङ्गो देश र मधेसी समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : ४५ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक