लहानको खुट्टीखोलामा घाट निर्माण « Khabarhub

लहानको खुट्टीखोलामा घाट निर्माण


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ ।

नगरपालिकाको दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे ।

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताए ।

दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ । अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ ।

घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत संरचना पनि निर्माण गरिने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु