बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड « Khabarhub

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।

कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो  लोकार्पण समारोह’ मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त  ऐतिहासिकस्थलको अध्ययन– अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरिएको हो ।

सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न  आग्रह गरे ।

साहित्यकार प्रा. शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगतका भोगाइ सटीक रूपमा भित्तेपात्रोमा समेटिएको बताए ।

साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताए ।

कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा. विष्णु केसी र  महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : ३९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या