ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक   « Khabarhub

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो र अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  भएको बताएका छन् । 

काठमाडौंमा शनिबार सुरु भएको पार्टीको प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले प्रतिवेदनमा भनेका छन्, ‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, 

एमालेले प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदनहरू प्रस्तुत गर्ने छ । 

राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने छ । 

ललितपुरको गोदावरीस्थित मइनराज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ३ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र