सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ  « Khabarhub

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्को उथलपुथल हुने चेतावनी दिएका छन्।

सत्ता साझेदार दलका अध्यक्ष नेपालले आफ्नो पार्टीको भूमिकाको अवमूल्यन गरे जे सुक्कै हुने बताए । 

शनिबार गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘हामी कसैको दास होइनौँ  र कसैको इसारामा चल्ने व्यक्ति पनि होइनौँ। त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठुलो मूल्य चुकाउनुपर्छ । त्यसैले यो कुरा बुझ्यो भने ठिक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

पछिल्लो समय सत्ता गठबन्धनमा हलचल सुरु भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सत्ता गठबन्धनमा रहेको ठुलो दल एमाले र उनीबीचको सम्बन्ध राम्रो नहुँदा गठबन्धनमा खटपट सुरु भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ३ : ५४ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको