चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग « Khabarhub

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफूसँग भएका माग पुरा गर्न माग गरेका हुन् । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटम समेत दिएका छन् ।

प्रतिवेदन सार्वजनिक भैसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन्  ।

अहिले नेपालमा राजनीतिको चरम भ्रस्टीकरण, अपराधीकरण, माफियाकरण र दलालीकरण भन्दै उनले भ्रष्टाचार गर्ने नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने बताए ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा साथै इलाम, उदयपुर र डडेल्धुरामा एक एक वटा मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर संचालनमा ल्याउने सहमति पनि कार्यान्वयन नभएको उनको भनाइ छ । 

हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका लागि सिंगो सङ्क्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उनले आरोप लगाए ।

उनले तीन हप्ता भित्र नागरिक अधिकार, सशस्त्र द्वन्द्व कालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारवाही तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी मागहरू पुरा गर्नुपर्ने भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक नलिए सत्याग्रह लगायतका सशक्त दबाबमूलक कार्यक्रम शुरु गर्न वाध्य हुने चेतावनी दिए।

उनले रुसले युद्धका लागि लगेका सबै नेपालीहरूलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ४ : १० बजे

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत

देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई एमाले स्थायी कमिटी सदस्य बनाउन प्रस्ताव

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका