जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह  « Khabarhub

जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह 


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउन सञ्चालक समितिलाई आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हुआङलाई पुनः नियुक्त गर्नु कम्पनी र अमेरिकाको हितमा हुने बताएका छन् । उनले एनभिडियाको सञ्चालक समितिले हुआङलाई फेरि सीईओ नियुक्त गर्ने आशा व्यक्त गरेका हुन् ।

यसअघि अमेरिकी अर्बपति एलन मस्कले पनि हुआङको प्रशंसा गरेका थिए । नोभेम्बर १४ मा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले एनभिडियाको आपूर्ति शृङ्खला व्यवस्थापनमा हुआङको भूमिका उत्कृष्ट रहेको बताएका थिए ।

मस्कका अनुसार कम्पनीका केही महत्त्वपूर्ण व्यावसायिक सम्झौता लिखित करारभन्दा पनि हुआङसँगको आपसी विश्वास र समझदारीका आधारमा भएका थिए । हुआङको अनुपस्थितिमा तीमध्ये केही महत्त्वपूर्ण सम्झौता गुम्न सक्ने उनको भनाइ थियो ।

हुआङले पनि नोभेम्बर १७ मा एक्समार्फत आफूलाई सीईओका रूपमा पुनः फर्कन कम्पनीका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकहरूले आग्रह गरिरहेको बताएका थिए ।

कम्पनीको सञ्चालक समितिले आफ्नो पुनरागमनलाई सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा ठहर गरे आफू पुनः सीईओको जिम्मेवारी सम्हाल्न तयार रहेको उनले बताएका थिए ।

लगातार दुईवटा विवादास्पद समाचार सार्वजनिक भएपछि हुआङले नोभेम्बर १२ मा पदबाट राजीनामा दिएको समाचारमा उल्लेख छ । पहिलो समाचारमा एक महिला व्यवसायीसँग उनको सम्बन्ध रहेको र ती महिलामाथि चिनियाँ जासुस भएको आरोप लागेको विषय सार्वजनिक भएको थियो ।

हुआङको सम्भावित पुनरागमनबारे ट्रम्प र मस्कको समर्थन सार्वजनिक भएपछि एनभिडियाको नेतृत्व परिवर्तनको विषयले पुनः चर्चा पाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ५८ बजे

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

काठमाडौँ- भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब

जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह 

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी

दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई