थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु « Khabarhub

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् । 

सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्माको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ सुरु भएको थियो र सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो । 

गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो र स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि एउटा क्षेत्रीय गुटले शुक्रबार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो । 

जुन्ताविरोधी करेन नेसनल युनियन (केएनयु) का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्याडवाड्डीलाई थाई सहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयुका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गरे। यद्यपि उनले थप विवरण दिएनन् । 

शनिबार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा एकाइले पुलमुनि जुन्ता सैनिकलाई निशाना बनाउने बलहरूसँग झडप भइरहेको बताएको छ । 

दोस्रो मैत्रीपूर्ण पुलमुनि सशस्त्र बलहरूले सैनिकहरूविरुद्ध ‘ड्रोन’ तैनाथ गरेको राजम्नु स्पेसल टास्क फोर्सले बताएको छ । नगदको अभावमा रहेको म्यान्माको सेनाका लागि म्यावाडी प्रमुख व्याापरिक विन्दु हो । थाई टास्क फोर्सले पुल बन्द भएको पुष्टि गर्दै त्यहाँ आफ्ना सैनिक उभिएको बताएको छ । 

थाई विदेशमन्त्री पर्नप्री बहिधा–नुकाराले ट्विट गर्दै शुक्रबार राति भएको झडपको रिपोर्टपछि स्थितिलाई नजिकबाट नियालिरहेको बताए । 

व्यापारिक सहर म्यावाडीका पोस्टहरूबाट सैनिकहरूलाई हटाउने निर्णय जुन्ताका लागि ठूलो झट्का थियो । यसबाट हालका महिनामा जुन्ताले धेरै घाटा बेहोर्नुपरेको छ । जुन्ताका लागि म्यावाडी विशेष महत्त्वपूर्ण छ । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

म्यावाडीका एक ट्रक चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफूले झडपहरूको आवाज सुनेको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ४ : २२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या