दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल | Khabarhub Khabarhub

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रूपरेखा समेत ल्याउन नसकेको जिकिर गरे ।

त्यस्तै संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन समेत कानून बनाउन नसकेको उनले बताए। उनले अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरुसंग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै नबनेको धारणा राखे ।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरूसँग राज्यबाट लाभ र सुविधा भागबन्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको उनले बताए । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : ५१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले