असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज | Khabarhub Khabarhub

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई स्टेजमै केही महिला फ्यानहरूले अङ्गालो हाल्दै चुम्बनसमेत गरे । यस घटनालाई लिएर सामाजिक सञ्जालमा केहीले गायकमाथि हिंसा भएको बताएका छन् । 

‘कुनै गायिकालाई पुरुष फ्यानले यस्तो क्रियाकलाप गरेको भए, हिंसा भयो भन्ने हुन्थ्यो तर महिलाका लागि जे पनि छुट ?’ भन्नेजस्ता टिप्पणी पनि सामाजिक सञ्जालमा आइरहेका छन् । तर, गायक प्रकाश भने त्यो घटनालाई सामान्य रुपमा लिएको बताउँछन् । 

प्रकाश भन्छन्, ‘त्यो मप्रति महिला फ्यानले जनाउनुभएको कृतज्ञता हो । अँगालो हाल्नुको इन्टेन्सन के थियो भन्ने कुराले अर्थ राख्छ ।’उनले थपे, ‘हिंसा नछोएर पनि गर्न सकिन्छ । तर, पोखरामा उहाँहरुको इन्टेन्सन गलत नभएको हुदाँ म त्यसलाई हिंसा मान्न तयार छैन ।’ 

 

‘एक स्रष्टाप्रति देखाउनुभएको कृतज्ञता वा प्रेमलाई मैले हिंसा भनिदिएँ भने उहाँहरुले मलाई कुन रुपमा हेर्नुहोला ?’ उनले प्रतिप्रश्न गरे ।

आफ्नो गीत सिर्जनालाई धेरै स्रोता र दर्शकहरुले मन पराइदिएकै कारण आफू यो ठाउँमा उभिन सकेको भन्दै उनले फ्यानहरुप्रति कृतज्ञता देखाएका छन् । 

उनी भन्छन्, ‘एक सामान्य व्यक्तिबाट गायकका रुपमा ग्रहण गर्दिनुभएको छ, सबैको आर्शिवाद र मायाले आफूलाई भाग्यमानी ठानेको छु ।’

फ्यानहरूको मायाले अझै नयाँ–नयाँ सिर्जनामा जुट्नुपर्छ भनेर आत्मविश्वास जगाएको उनको भनाइ छ । पोखरामा फ्यानहरुले दर्शाएको प्रेमलाई गलत अर्थ नलगाइदिन उनले आफ्ना शुभचिन्तक तथा दर्शकलाई अनुरोध गरेका छन् ।

उनी भन्छन्, ‘पहिले–पहिले फोटो खिच्न आउँथे, यसरी अगाँलो हालेको पहिलोपटक हो ।’

फ्यानको प्रेम र सद्भाव देख्दा गीत गाउँदा–गाउँदै आफू भावुक भएको पनि उनले सुनाएका छन् । उनले उक्त फ्यानहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

प्रकाश दुतराजका घर कता हो बैनीको, देउरालीमा ध्वजा रिमई, जाम भो माइली लगायतका गीत सर्वाधिक लोकप्रिय छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ०१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने