युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु | Khabarhub Khabarhub

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका कारण रूसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् ।

रूसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किएभले रूसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका लागि ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।

युक्रेनको सुरक्षा सेवा (एसबियु), सेना र सैन्य गुप्तचर निकायको ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, ‘कम्तीमा तीन वटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ ।

रूसको रक्षा मन्त्रालयले रातिमा आएका ५० वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्को नजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा रहेका छन् ।

रूसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एक इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरेपनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्याङ्कीमा आगो लागेको छ,’ गभर्नर एनोखिनले बताए । 

हालैका महिनाहरूमा रूसी तेल र ग्याँस सुविधाहरूमा युक्रेनी आक्रमणहरू बढेका छन् भने यसलाई युक्रेनले रूसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ३७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने