युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु « Khabarhub

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका कारण रूसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् ।

रूसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किएभले रूसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका लागि ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।

युक्रेनको सुरक्षा सेवा (एसबियु), सेना र सैन्य गुप्तचर निकायको ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, ‘कम्तीमा तीन वटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ ।

रूसको रक्षा मन्त्रालयले रातिमा आएका ५० वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्को नजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा रहेका छन् ।

रूसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एक इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरेपनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्याङ्कीमा आगो लागेको छ,’ गभर्नर एनोखिनले बताए । 

हालैका महिनाहरूमा रूसी तेल र ग्याँस सुविधाहरूमा युक्रेनी आक्रमणहरू बढेका छन् भने यसलाई युक्रेनले रूसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ३७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या