रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने « Khabarhub

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्ध्याउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले रास्वपालाई सिद्धयाउने षड्यन्त्र भएपनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसंग नरहेको धारणा राखे ।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उनले बताए ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ५५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ