अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति | Khabarhub Khabarhub

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने तर नागरिक स्वतन्त्रतावादी सङ्गठनहरूले आलोचना गर्ने शक्तिशाली विद्युतीय निगरानी उपकरणको नवीकरणलाई अमेरिकी सिनेटले शनिबार अनुमोदन गरेको छ ।

शुक्रबार अमेरिकी सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६० मत र विपक्षमा ३४ मत परेको थियो । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनले ‘विधेयकमा चाँडै हस्ताक्षर गर्ने’ बताएको छ ।

यस कार्यक्रमले अमेरिकी गुप्तचर एजेन्सीहरूलाई न्यायिक वारेन्ट नलिइकन इलेक्ट्रोनिक निगरानी गर्न अनुमति दिनेछ । 

यसले अमेरिकी नागरिकहरूबाट निगरानीको लागि लक्षित विदेशीहरूसँग उनीहरूलाई विशेष गरी अमेरिकी क्षेत्रभन्दा बाहिर कहीँ पनि गैर–अमेरिकीहरूको फोन कल र इमेलसहितका सञ्चार सन्देशहरू मेटाउन अनुमति दिन्छ । 

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति जारी गर्दै भने, “कानूनले गम्भीर राष्ट्रिय सुरक्षा खतराहरू पत्ता लगाउन र संयुक्त राज्य अमेरिकाको रक्षाको लागि उक्त समझदारी प्रयोग गर्न हाम्रा सुरक्षा अधिकारीहरूलाई काम गर्न सहयोग गर्नेछ ।” 

विदेशी गुप्तचर निगरानी ऐन (फिसा) को धारा ७०२ अन्तर्गत प्राधिकरणलाई गोपनीयता र नागरिक स्वतन्त्रताका पक्षधरहरूले निन्दा गरेका छन् ।

सदनबाट पारित भएकोे तर उग्र बहसको विषय बनेको विधेयक फिसालाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नवीकरण नगर्न सांसदहरूसँग आग्रह गरेका थिए। उनले यो र यस्तै मुद्दालाई लिएर राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा कमजोर प्रमाणित गर्न खोजिरहेका छन् । 

गत डिसेम्बरमा ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले गाजा र युक्रेनमा जारी युद्ध, चीनसँगको उच्च तनाव र साइबर आक्रमणको निरन्तर खतराबीच यो ‘एकपक्षीय’ निःशस्त्रीकरणका लागि खतरनाक समय हुने भन्दै सिनेटरहरूलाई कार्यक्रम नवीकरण नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : ३९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने