उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने | Khabarhub Khabarhub

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।

उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला’, उनले भने, ‘२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।’

उनले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताए । 

लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए । 

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : ०१ बजे

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री

भारतको आर्थिक सहायतामा निर्मित विद्यालय भवन हस्तान्तरण

दाङ- दाङकोघोराही उपमहानगरपालिका १५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि

देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ : विश्वप्रकाश

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र आएर संविधान बनेयता

रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन ‘आक्रोशित’

काठमाडौं– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि

नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सोमबार