सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर) « Khabarhub

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)



काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको छ । हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु गरिन्छ । यसअघि शुक्रबार लगनटोलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाइएको थियो ।

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।हिन्दू र वौद्ध धर्माबलम्बीहरुले सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा श्रद्धापूर्वक पूजा आराधना गर्छन् ।

शैव सम्प्रदायले शिवका रुपमा, शाक्त सम्प्रदायले शक्तिका रुपमा, बौद्ध महायान तथा बज्रयान सम्प्रदायले आर्यावलोकितेश्वरका रुपमा आस्थापूर्वक पूजा गर्नु धार्मिक सदभाव र सहअस्तित्वको उदाहरण हो ।

यसरी गरिने पूजा आराधनाबाट अनिष्ट हट्ने, अकाल मृत्युबाट बच्न सकिने, अशान्ति र असुरक्षाबाट बच्न सकिने, घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाश गरिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर