गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले | Khabarhub Khabarhub

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा भएको आगलागीमा अहिलेसमम ४० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् ।

आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । जंगलमा लागेको डढेलो गाउँमा फैलिएपछि ठूलो क्षति भएको हो ।

यता गुल्मीकै मदाने गाउँपालिका १ अग्लुङमा पनि भीषण आगलागी भइरहेको छ । मथुरा सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिदा सात वटा घरगोठ जलेर नष्ट भएको वडा अध्यक्ष शुशील चन्दले जानकारी दिए ।

उनका अनुसार मानविय क्षति नभए पनि आगालागीबाट दर्जनौको संख्यामा गाइवस्तु जलेका छन् । त्यहाँ करीब एक करोडमाथि क्षति भएको प्रहरीको अनुमान छ ।

जिल्लाका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली खटिइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ९ : ५८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका