गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले « Khabarhub

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा भएको आगलागीमा अहिलेसमम ४० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् ।

आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । जंगलमा लागेको डढेलो गाउँमा फैलिएपछि ठूलो क्षति भएको हो ।

यता गुल्मीकै मदाने गाउँपालिका १ अग्लुङमा पनि भीषण आगलागी भइरहेको छ । मथुरा सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिदा सात वटा घरगोठ जलेर नष्ट भएको वडा अध्यक्ष शुशील चन्दले जानकारी दिए ।

उनका अनुसार मानविय क्षति नभए पनि आगालागीबाट दर्जनौको संख्यामा गाइवस्तु जलेका छन् । त्यहाँ करीब एक करोडमाथि क्षति भएको प्रहरीको अनुमान छ ।

जिल्लाका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली खटिइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ९ : ५८ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर