वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो « Khabarhub

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ । एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।

एकएक अंक बाँडेपछि शीर्ष स्थानको कोलकाता २० अंकसहित शीर्ष स्थानमै कायम रह्यो भने राजस्थान तेस्रो स्थानमा झरेको छ ।

समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रनरेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।

अब पहिलो क्वालिफायरमा कोलकाता र हैदरावादबिच मंगलबार प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा राजस्थान र रोयल्स च्यालेन्जर्स बैंग्लोरुबिच बुधबार प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी टिम सिधै फाइनल पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरमा विजयी टिमले दोस्रो क्वालिफायर खेल्नेछन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ०६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी