कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखे पछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

आइतबार गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि चित्त नबुझे नेपाली काँग्रेसले बोल्न पाउनुपर्छ भन्ने सहमति सभामुख देवराज घिमिरेले उल्लंघन गरेको भन्दै कांग्रेसले यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ ।

त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर महामन्त्री गगन थापाले आज बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताइसकेका छन् ।

उनले भनेका छन्– ‘संसद ठीक ढङ्गले चल्नुपर्छ भन्ने हामी चाहन्छौँ, बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छौँ, त्यसो भएन भने संसद्को कामकारबाही अघि बढ्दैन ।’

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : १२ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा