दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी « Khabarhub

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति पौने १ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् ।आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।

तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान पौने ४ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल पुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : २५ बजे

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक