जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी « Khabarhub

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका तर्फबाट दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न हिजो दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

जसपा नेपालबाट अलग भएका अशोक राईको नेतृत्वमा संघीय संसदका ७ जना सांसद रहेका छन् ।
आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।

यसअघि जसपा, नेपालबाट छुटिएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको विषयमा अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले नयाँ दल दर्ताको प्रक्रिया यथास्थानमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन आदेश दिएको थियो ।

वैशाख २३ जसपा नेपालबाट विभाजित भएको नयाँ जसपालाई वैशाख २४ गते निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको थियो । सो मुद्दामा सर्वोच्चले दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलएको छ ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ८ : ५७ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका