इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन « Khabarhub

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नभएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

सरकारी टिभीले भनेको छ, ‘राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टरबाट जीवन आउने कुनै संकेत छैन।’

यता एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सलेसमेत दुर्घटनामा हेलिकप्टर ‘पूर्ण रूपमा जलेको’ रिपोर्ट गरेको बिबिसीले उल्लेख गरेको छ।

आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको थियो।

आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको थियो।

राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : १५ बजे

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका