संसदीय छानविन समिति बटमलाइन : कांग्रेस « Khabarhub

संसदीय छानविन समिति बटमलाइन : कांग्रेस


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले भने, ‘गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार ढंगले जसरी आफूलाई प्रस्तुत गर्नुभएको छ यसका बारेमा सम्माननीय प्रधानमन्त्रीजीको ध्यान आकृष्ट गर्ने निर्णय आजको बैठकले गरेको छ ।’

उनले संसदीय छानविन समिति गठन कांग्रेसको बटमलाइन भएको पनि बताए ।

‘संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने, ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, प्रधानमन्त्रीज्यू समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२–१ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौँ।’

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : २३ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका