प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी « Khabarhub

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहितअवरोध सुरु गरेको छ ।

बैठकमा सहकारी पीडितलाई न्याय दे, गृहमन्त्रीलाई कारबाही गर् भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

यसअघि सभामुख देवराज घिमिरेले संसद्‍मा अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध गरेका थिए ।

सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेकाले संसद्‍मा अवरोध नगर्न आग्रह गरेका थिए । तर कांग्रेसले अवरोध जारी राखेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने भन्दै मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई सहज बनाउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४१ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,