नेपालगञ्जमा परम्परागत इनारको संरक्षण « Khabarhub

नेपालगञ्जमा परम्परागत इनारको संरक्षण


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार) संरक्षण गर्न थालिएको छ । 

नेपालगञ्ज-३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कुवा संरक्षणमा जोड दिइएको हो । यस अभियानमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ । 

वडा नं ७ मा पुराना कुवा (इनार) लाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको ज्ञवालीले बताए। 

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी संकलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यस विधिमा कुवाको पानी ट्यांकीमा संकलन गर्ने र ट्यांकीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए ।

 प्राचीनकालदेखि खानेपानीको विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले जानकारी दिए।

पुननिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । 

वर्षौँदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । स्थानीय चन्द्रकला गुरुङले कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको बताए । 

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदन-आश्रितमार्ग टोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि दुई वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १२ : ४३ बजे

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल

सङ्कटालाई हराउँदै एपिएफ फाइनल

उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा