प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति « Khabarhub

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभासमक्ष चोथो पटक विश्वासको मत माग्ने क्रममा सोमबार प्रधानमन्त्रीले आफूलाई कांग्रेसले रोकेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटकपटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ,’ उनले भनेका थिए, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो। तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ । तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसद्‍बाट बाहिरिने क्रममा कांग्रेस प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले आज संसदमा जुन भाषा बोल्नुभयो, त्यो घोर आपत्तिजनक भाषा छ । यस्ता शब्द हाम्राविरुद्ध प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले भने ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ४२ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र