फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म  ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो । 

सो पोस्टरमा दक्षिण भारतीय कलाकार विजय रावत र नेपाली अभिनेत्री विपना थापा फिचर्ड छन् । पोस्टरमा रावत फुलेको झुस्स दारीजुंगामा देखिएका छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै देखिन्छन् । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म कुनै जानकारी दिएको छैन । 

पोस्टरमा कालो ब्रस्तमा देखिएकी विपना थापा आश्चर्य भावमा छिन् । यस फिल्मको निर्देशन चन्द्र पन्तले गरेका छन् । दशैँको अवसर पारेर असोज ११ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ । 

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको यस फिल्ममा यी दुई स्वयं मुख्य भूमिकामा छन् । सिनेमामा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ ।

नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको अभिनय रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ०४ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका