फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म  ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो । 

सो पोस्टरमा दक्षिण भारतीय कलाकार विजय रावत र नेपाली अभिनेत्री विपना थापा फिचर्ड छन् । पोस्टरमा रावत फुलेको झुस्स दारीजुंगामा देखिएका छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै देखिन्छन् । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म कुनै जानकारी दिएको छैन । 

पोस्टरमा कालो ब्रस्तमा देखिएकी विपना थापा आश्चर्य भावमा छिन् । यस फिल्मको निर्देशन चन्द्र पन्तले गरेका छन् । दशैँको अवसर पारेर असोज ११ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ । 

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको यस फिल्ममा यी दुई स्वयं मुख्य भूमिकामा छन् । सिनेमामा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ ।

नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको अभिनय रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ०४ बजे

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला