प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ? « Khabarhub

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा नेकपा एमालेका दुई सांसद अनुपस्थित रहे ।

एमालेका ७९ जना सांसद रहेकोमा ७६ मत प्रधानमन्त्रीको पक्षमा खस्यो । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलेर निलम्बनमा रहेकाले एमाले सांसद टोपबहादुर रायमाझीलाई मताधिकार छैन । उनी हाल जेलमा छन् ।

त्यस्तै अर्का एमाले सांसद बसन्त नेम्वाङ अस्वस्थ रहेकाले लामो समयदेखि उपचाररत छन् । पाँचथरका उनी प्यारालाइसिसको उपचारका क्रममा छन् ।

उता एमालेबाट निर्वाचित देवराज घिमिरे सभामखु रहेकाले उनले मत प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद हाल युरोप यात्रामा रहेकाले मतदानमा सहभागी भएनन् ।

नागरिक उन्मुक्तिका पार्टीका गंगाराम चौधरी पनि संसद्‍मा अनुपस्थित रहे । नाउपामा रेशम चौधरी पक्षधर उनी संसद्‍मै अनुपस्थित रहे ।

विश्वासको मतमा अनुपस्थित
१. प्रकाश ज्वाला (नेकपा एकीकृत समाजवादी)- युरोप यात्रामा
२. गंगाराम चौधरी (नागरिक उन्मुक्ति पार्टी)
३. वसन्त नेम्बाङ (नेकपा एमाले) – बिरामी
४. टोपबहादुर रायमाझी-(निलम्बन)

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ०८ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६