प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ « Khabarhub

प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन् ।

आफ्नो तेस्रो कार्यकालको १६ महिनाभित्र सोमबार चौथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकाहरूले सोधेका थिए, ‘कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो ?’

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो कुराको नतिजा आगामी चुनावमा देखिने बताएका छन् ।

पटक पटक विश्वासको मत लिने अवस्थाबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि यस्तो घटनाक्रम रहेको बताए ।

उनले विश्वका कयौँ देशमा पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर पनि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले १५७ मतसहित आफू नेतृत्वको सरकारको सुरक्षा गर्न सफल भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले