शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार  « Khabarhub

शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार 


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा गरेसँगै शेयर बजारमा उछाल आएको छ । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ ।

आज नेप्से १.३३ प्रतिशतले बढेर २०९२ विन्दु कायम भएको छ । आज नेप्सेले २१०० विन्दु पनि पार गरेको छ । तर नेप्से बन्द हुँदा भने नेप्से करिब २१०० विन्दु मात्र कायम भएको छ ।

आज साढे ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ७.१३ अंकले, फ्लोट इन्डेक्स २.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंकमा लगानीकर्ता बढी खरिद गरेका छन् भने निजीवन बीमाका लगानीकर्ताले बढी बेचेका छन् । आज वाणिज्य बैंक समूह ४५.२० अंकले बढेको छ भने निर्जीवन बीमा ५६.०९ अंकले घटेको छ ।

सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ३ : १९ बजे

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम