शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार  « Khabarhub

शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार 


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा गरेसँगै शेयर बजारमा उछाल आएको छ । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ ।

आज नेप्से १.३३ प्रतिशतले बढेर २०९२ विन्दु कायम भएको छ । आज नेप्सेले २१०० विन्दु पनि पार गरेको छ । तर नेप्से बन्द हुँदा भने नेप्से करिब २१०० विन्दु मात्र कायम भएको छ ।

आज साढे ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ७.१३ अंकले, फ्लोट इन्डेक्स २.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंकमा लगानीकर्ता बढी खरिद गरेका छन् भने निजीवन बीमाका लगानीकर्ताले बढी बेचेका छन् । आज वाणिज्य बैंक समूह ४५.२० अंकले बढेको छ भने निर्जीवन बीमा ५६.०९ अंकले घटेको छ ।

सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ३ : १९ बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत