घट्दो वैदेशिक व्यापार, अघिल्लो वर्षभन्दा आयात साढे दुई प्रतिशतले ‌ओरालो « Khabarhub

घट्दो वैदेशिक व्यापार, अघिल्लो वर्षभन्दा आयात साढे दुई प्रतिशतले ‌ओरालो


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्ष (आव)को १० महिनाको तुलनामा चालु आवको १० महिनामा साढे दुई प्रतिशतले वैदेशिक व्यापार घटेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुको आयात भएको छ । जुन आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आवको १० महिनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६१ प्रतिशतले कम हो ।

विभागको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा ९१.१७ प्रतिशत आयात रहेको छ भने जम्मा ८.८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : २३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको