भारतमा लोक सभा चुनाव : पाँचौ चरणमा ३६.७३ प्रतिशत मतदान « Khabarhub

भारतमा लोक सभा चुनाव : पाँचौ चरणमा ३६.७३ प्रतिशत मतदान


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा औसत ३६.७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

 निर्वाचन आयोगका अनुसार लद्दाखमा सबैभन्दा बढी ५२.०२ प्रतिशत, पश्चिम बंगालमा ४८.४१ प्रतिशत, झारखण्डमा ४१.८९ प्रतिशत, उत्तर प्रदेशमा ३९.५५ प्रतिशत, उडिसामा ३५.३१ प्रतिशत, जम्मु काश्मिरमा ३४.७९ प्रतिशत, बिहारमा ३४.६२ प्रतिशत र महाराष्ट्रमा २७.७८ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार पाँचौं चरणको मतदानमा चार करोड ६९ लाख पुरुष, चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिङ्गीसहित आठ करोड ९५ लाखभन्दा बढी मतदाताले ६९५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । 

पाँचौं चरणमा विभिन्न निर्वाचन क्षेत्रमा राहुल गान्धी, भाजपा नेता राजनाथ सिंह, स्मृति इरानी, राजीव प्रताप रुडी, पीयूष गोयल, उज्ज्वल निकम, करण भूषण सिंह, एलजेपी (रामविलास) प्रमुख चिराग पासवान, जेकेएनसी प्रमुख उमर अब्दुल्ला र राजद नेता रोहिणी आचार्य चुनावी सफलताको खोजीमा छन् ।

यो चरणमा बिहार, जम्मू–कश्मीर, लद्दाख, झारखण्ड, महाराष्ट्र, उडिसा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुँदैछ । 

मुम्बई, ठाणे र लखनउजस्ता शहरहरूमा विगतमा मतदानमा शहरी उदासीनताको सामना गर्नुपरेको थियो । 

कुल ४९ लोकसभा सदस्यका लागि निर्धारित सीटमध्ये उत्तर प्रदेशका १४, महाराष्ट्रका १३, पश्चिम बंगालका सात, बिहारका पाँच, झारखण्डका तीन, उडिसाका पाँच, जम्मू–कश्मीर र लद्दाखका एक–एक सिट छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : ३० बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि