१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात « Khabarhub

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २४ अर्ब बढीको सुन र २१ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले १० महिनाको अवधिमा मोबाइल र सुन सो मात्रामा आयत भएको देखाएको हो ।

विभागद्वारा सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ थान मोबाइल आयात भएको छ । विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै सोही अवधिमा नेपालमा २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ केजी ८६४ ग्राम सुन आयात भएको छ । सरकारले सो सुन आयातको क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।

आयातमा सबैभन्दा अगाडि डिजेल

विभागको तथ्यांकअनुसार चालु आवको १० महिनामा नेपालमा आयात भएका वस्तुहरुमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार ११० किलोलिटर डिजेल आयात भएको हो । डिजेलको आयातबापत सरकारले ४४ अर्ब ८९ करोड ५ लाख २६ हजार रुपैयाँ भन्सार आम्दानी गरेको छ । 

त्यस्तै सो अवधिमा ५ लाख ६७ हजार ९३५ किलोलिटर पेट्रोल र ४३ करोड ३९ लाख ६३ हजार ९२ किलो एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ०८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने