राफाहबाट आठ लाख मानिसहरू विस्थापित | Khabarhub Khabarhub

राफाहबाट आठ लाख मानिसहरू विस्थापित


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे महिनाको सुरुदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरू राफाहबाट विस्थापित भएका छन् । 

प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामको लागि नयाँ अपील गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । 

राफाहको लगभग आधा जनसङ्ख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक  सञ्जाल  एक्समा गरेको पोस्टमा उल्लेख छ । 

मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनूसका मध्य क्षेत्रहरूमा गएका हुन् । 

गाजा र खान युनुसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाई हुने उनले बताए। 

गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको  लाजारिनीले उल्लेख गरे।  

गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिसहरु सुरक्षित नरहेको उनले उल्लेख गरे। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : २० बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको