उपेन्द्रले अशोकसहित सात सांसदविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ | Khabarhub Khabarhub

उपेन्द्रले अशोकसहित सात सांसदविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी सूचीको अन्तिममा रहेको यो रिटमा सुनुवाइ नभइ हेर्न नभ्याइनेमा परेको हो ।

यादवले गत वैशाख २३ गते पार्टी फुटाएर नयाँ जसपा बनाएका अशोक राईसहित ७ सांसदलाई संसदीय गतिविधिमा सहभागी हुनबाट रोक लगाउन मागसहित आइतबार रिट दायर गरेका थिए ।

यादवले उनीहरूलाई सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा पनि सहभागी हुन नपाउने गरी रोक लगाउने आदेश माग गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट तेस्रो कार्यकालको चौथो पटक विश्वासको मत लिएका छन् । प्रचण्डको पक्षमा १५७ सांसद उभिएका छन् ।

जसमध्ये अशोक राई नेतृत्वको जसपाका ७ सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए ।

यादवले नै यसअघि दल विभाजनविरुद्ध दिएको रिटमाथि मंगलबार पेसी तोकिएको छ । तर यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा सुनुवाइ हुने नहुने टुंगो छैन ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’