कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान « Khabarhub

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

पर्वत– कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ। नदीको उत्खनन् र शिलाको चोरी, निकासी रोक्न र समग्र कालीगण्डकी सभ्यताको संरक्षण गर्ने उद्देश्यले आइतबार दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो । 

प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिका र कुश्मा नगर समितिले म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धामसम्म रहेका दश हजारभन्दा बढी शिलामा भगवान्को नाम लेखिएको समितिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिए। 

आइतबार मोहिनी एकादशी तिथिको अवसर पारेर नामकरण अभियानको सुरुआत गरिएकामा पहिलो दिन गलेश्वरधामदेखि पर्वतको मोदीवेणीसम्म पर्ने मुख्य घाटमा रहेका शिलाको नामकरण गरिएको उनले बताए। त्यहाँ रहेका गलेश्वर, बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती, खनियाघाट, मालढुङ्गा, सहस्रधारा, नयाँपुल, गोपाङघाट हुँदै मोदीवेणी धामसम्मका शिलामा देवी, देवता र भगवान्का अनेकन नाम लेखन गरिएका छन् । 

अभियानका संयोजक तारा रेग्मी पाध्याले बढी चोरी, निकासी र उत्खनन् हुने कालीगण्डकीको पर्वतखण्डका  मुख्य घाटमा पहिलो दिन भजनकीर्तन, बाजागाजासहित पुगेका हजारौँ भक्तजनले विभिन्न रङले शिलामा नामकरण गरिएको बताए।  नदी किनारमा रहेका साना, ठूला, चक्रांकीत, निष्चक्रांकीत सबै शिलामा भगवान्को नाम लेखिएको र बाँकी रहेका शिलामा हरेक एकादशीको तिथिमा नामकरण गरिने पाध्याले जानकारी दिए।  

कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणकोसमेत जगेर्ना गर्न समितिले अभियान थालेको अभियानका जिल्ला संयोजक यज्ञबहादुर थापाले बताए । 

शिलाको नामकरणपछि चोरी, निकासी वा उत्खनन गरेमा पनि खोजी गर्न सहज हुने थापाको विश्वास छ ।

हिन्दु धार्मिक मान्यताअनुसार शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि सो नदी किनारमा ऋषि पुलह, पुलत्व्स, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसाबले महत्पूर्ण हुने पण्डित लोकनाथ आचार्यले बताए ।
शालग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्दछन् । 

शालग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि स्वदेश तथा विदेशमा समेत लैजानेक्रम बढ्दै गएको छ । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ५४ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा