रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी | Khabarhub Khabarhub

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

भनिन्- गगन युवाहरूका राजनीतिक आइकन हुन्


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आमनेसामने भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् ।

२०६२/६३ ताका भएको दोस्रो जनआन्दोलनका बेला तत्कालीन शाही शासकविरुद्ध एकै मोर्चामा उत्रिएका गगनलाई रामकुमारीले युवाहरूको राजनीतिक आइकन भनेकी हुन् ।

आइतबार मात्रै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले गगनमाथि दर्जनभन्दा बढी आरोप लगाएको अवस्थामा रामकुमारीले हेक्का राख्न चेतावनी दिएकी हुन् ।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, रामकुमारीले भनेकी छन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस ।’

स्मरणीय के छ भने यी दुवै नेता एक-एक पटक मन्त्रीसमेत भइसकेका छन् । यता रवि भने दोस्रो पटक गृहमन्त्रीको भूमिकामा छन् ।

रवि र गगनबीच संसद्‍देखि सामाजिक सञ्जाल र सडकमासमेत टकराव देखिएका बेला रामकुमारीले गगनलाई साथ दिँदै उनको बचाउ गरेकी हुन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ०३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका