रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी « Khabarhub

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

भनिन्- गगन युवाहरूका राजनीतिक आइकन हुन्


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आमनेसामने भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् ।

२०६२/६३ ताका भएको दोस्रो जनआन्दोलनका बेला तत्कालीन शाही शासकविरुद्ध एकै मोर्चामा उत्रिएका गगनलाई रामकुमारीले युवाहरूको राजनीतिक आइकन भनेकी हुन् ।

आइतबार मात्रै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले गगनमाथि दर्जनभन्दा बढी आरोप लगाएको अवस्थामा रामकुमारीले हेक्का राख्न चेतावनी दिएकी हुन् ।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, रामकुमारीले भनेकी छन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस ।’

स्मरणीय के छ भने यी दुवै नेता एक-एक पटक मन्त्रीसमेत भइसकेका छन् । यता रवि भने दोस्रो पटक गृहमन्त्रीको भूमिकामा छन् ।

रवि र गगनबीच संसद्‍देखि सामाजिक सञ्जाल र सडकमासमेत टकराव देखिएका बेला रामकुमारीले गगनलाई साथ दिँदै उनको बचाउ गरेकी हुन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ०३ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक