लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा | Khabarhub Khabarhub

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौंधुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 ‘लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो ।’ लाओसमा रेकर्ड गरिएका सबै मृत्युको १५ प्रतिशत धूम्रपानबाट हुन्छ ।’ मन्त्रालयअन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले स्वास्थ्यमन्त्री बोनफेङ फौममालेसिथलाई उद्धृत गर्दै भनेको छ । 

गम्भीर रोग, अपाङ्गता र चाँडो मृत्युको मुख्य कारण धूम्रपान र नजिकका मानिसहरूले ‘सेकेन्ड ह्यान्ड’ धूम्रपान भएको मन्त्री बोनफेङले बताए।

सुर्तीजन्य पदार्थको कर बढाउने, सबै प्रकारका सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने, कार्यस्थल र सार्वजनिक स्थानहरूलाई धुम्रपानमुक्त बनाउने, धूम्रपान र सुर्तीजन्य पदार्थको सम्पर्कबाट हुने हानिबारे जनतालाई सचेत गराउने जस्ता प्रभावकारी सुर्ती नियन्त्रण उपायहरू भएमा धूम्रपानबाट हुने मृत्युलाई रोक्न सकिने रिपोर्टले उल्लेख गरेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : १४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि