लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा « Khabarhub

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 ‘लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो ।’ लाओसमा रेकर्ड गरिएका सबै मृत्युको १५ प्रतिशत धूम्रपानबाट हुन्छ ।’ मन्त्रालयअन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले स्वास्थ्यमन्त्री बोनफेङ फौममालेसिथलाई उद्धृत गर्दै भनेको छ । 

गम्भीर रोग, अपाङ्गता र चाँडो मृत्युको मुख्य कारण धूम्रपान र नजिकका मानिसहरूले ‘सेकेन्ड ह्यान्ड’ धूम्रपान भएको मन्त्री बोनफेङले बताए।

सुर्तीजन्य पदार्थको कर बढाउने, सबै प्रकारका सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने, कार्यस्थल र सार्वजनिक स्थानहरूलाई धुम्रपानमुक्त बनाउने, धूम्रपान र सुर्तीजन्य पदार्थको सम्पर्कबाट हुने हानिबारे जनतालाई सचेत गराउने जस्ता प्रभावकारी सुर्ती नियन्त्रण उपायहरू भएमा धूम्रपानबाट हुने मृत्युलाई रोक्न सकिने रिपोर्टले उल्लेख गरेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : १४ बजे

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको