बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन « Khabarhub

बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

साहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ,’ कान्स फिल्म फेस्टिभलमा भाग लिन अहिले पेरिसमा रहेका उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म ती चालकलाई स-सम्मान रिहा गरिन्न तबसम्म सिंहदरबार लगायत सबै दलका कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

सोमबार मात्रै मेयर साहले झापाको गिरीबन्धु टि-स्टेट जस्तै १०१ वटा कम्पनीले जग्गा सट्टाभर्नाको निवेदन दिएर ५० खर्बसम्मको खेलो फड्को गर्न लागेको जिकिरसहित अर्को पोस्ट हालेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : १९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक