पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग « Khabarhub

पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न संघीय सरकारसमक्ष माग गरिएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति, पोखरिया पर्साका नेता नेजामछीन शमानीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग भेट गर पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग गर्दै ज्ञापनपत्र बझाएका हुन् । उक्त अस्पताललाई स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरण उपलब्ध गराउनुपर्ने उक्त ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा मधेस आन्दोलनमा योगदान गरेका स्व बाबा रामजनम तिवारीका नामबाट अस्पताल बनाउन तथा वीरगञ्जमा रहेको ‘ब्लड बैंक’का लागि आवश्यक उपकरण उपलब्ध गराउन, पोखरियामा बर्थिङ सेन्टरको भवन निर्माण गर्न सहयोग गर्न उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पोखरिया अस्पताललाई स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएको नेता शमानीले बताए। स्तरोन्नति गर्न प्रदेश सरकारले निर्णय गरेर केन्द्रमा पठाएको उनको भनाइ छ । 

‘हामीले पोखरिया अस्पताललाई स्तरोन्नति गर्न पटक–पटक ताकेता गर्दै आएका छौँ,’ उनले भने।

पोखरिया नगरपालिकामा १५ शय्यामा सञ्चालित पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी मधेस प्रदेश सरकारको मातहतमा व्यवस्थापन गर्ने मधेस प्रदेश सरकारले २०७६ चैत २८ गते निर्णय गरेको थियो । 

 पोखरिया अस्पताल प्रदेश मातहतमा व्यवस्थापन हुँदा हाल स्थानीय तहमा समायोजन भई सो अस्पतालमा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा संघीय मन्त्रालयको राय सहमतिका लागि मन्त्रालयमा पठाइएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

पोखरिया जिल्लाको पश्चिमी भेगमा पर्छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामी लैजान झन्डै ४० किलोमिटर दूरी पार गर्नुपर्ने अवस्था छ । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : २५ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि