१०७ किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

१०७ किलो गाँजासहित एक जना पक्राउ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही  जिल्लाको  पर्सा गाउपालिका  १ बस्ने २१ बर्षिया चन्दन यादव  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक  धर्मराज मुडभरीले जानकारी दिए ।

प्रहरीले जलेश्वर–बर्दिबास  सडकखण्डको औरही नगरपालिका वडा नम्बर ८ स्थित टिम्कियाबाट यादवलाई गाँजा सहित पक्राउ गरेको हो । बि.आर ३० ए.एच २३८८ नम्बरको कारलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा २० वटा पोकामा १०७ किलो गाँजासहित यादवलाई पक्राउ गरिएको  महोत्तरी प्रहरीका प्रवक्ता धर्मराज मुडभरीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि  लागू औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ५८ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप