बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव | Khabarhub Khabarhub

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका छन् ।

१५ औं राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा परिवार समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले मुलुकको परिवर्तनमा सहिद बेपत्ताहरूको महत्त्वपूर्ण योगदान भए पनि अहिले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका हुन् ।

उनले जनयुद्धमा बेपत्ता भएकाहरू राज्यको परिवर्तनका हकदार भएकाले उनीहरूको स्वामित्व राज्यले लिनुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायका विषयमा दलहरुबीच फरक–फरक नभई समाज धारणा बनाउनुपर्ने र बेपत्ता योद्धा परिवारका गुनासा सुन्नुपर्नेमा जोड दिए ।

सहिद परिवारका बारेमा राज्य अलि गम्भीर देखिए पनि बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : ०८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले