के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ? « Khabarhub

के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ?


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल फ्रान्सको पेरिसमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले संघीय सरकारलाई चुनौती दिँदै फेसबुकमा लेखे, ‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ ।’

उनी त्यतिमै रोकिएनन्, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्याल र नेताहरूको घरको फोहोर नउठाउने पनि चेतावनी दिए ।

यो प्रसंग थियो, काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई प्रहरीले नियन्त्रण लिएको ।

महानगरको फोहोर ओसार्ने गाडीका चारजना चालकलाई प्रहरीले काठमाडौंको नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरूले सडक‍ र घर-घरबाट उठाएको फोहोर सम्बन्धित स्थानमा नलगी पेरिसडाँडामा लैजान लागेपछि नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।

‘उठाइएको फोहोर सम्बन्धित गन्तब्यमा नलगी पेरिसडाँडातिर लैजाँदै गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ’, ती अधिकारीले खबरहबसँग भने, ‘सोमबार अपरान्ह ४ बजे नियन्त्रणमा लिइएका उनीहरू चारैजनालाई महानगरको वातावरण विभागमा जिम्मा लगाइसकेका छौँ ।’

मेयर साहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा लेखेर आक्रोश पोखेपछि धेरै यसलाई ठूलै घटनाका रुपमा लिएका थिए ।

जिल्ला प्रहरी परिसरका ती अधिकारीले भने जस्तै चारैजना चालकहरू अहिले साँझ ६ बजे छुटिसकेका काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

‘चारैजना चालक दुई घण्टापछि छुटिसक्नु भएको छ’, उनले खबरहबलाई भने, ‘उहाँहरू सबै अहिले महानगरको वातावरण विभागमा आइसक्नु भएको छ ।’

यता फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको जानकारी महानगर प्रमुख साहले पेरिसबाटै दिएका छन् ।

‘जो कोहीले यत्ति बुझ्नुहोला-पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ’, साहले भनेका छन्, ‘अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : ३१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले