सामुदायिक वनमा पक्की भवन निर्माण हुने « Khabarhub

सामुदायिक वनमा पक्की भवन निर्माण हुने


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्कीे भवन निर्माण हुने भएको छ ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट प्राप्त रु एक करोड ३९ लाख लागतमा भवन निर्माण हुन लागेको हो । उक्त भवनको शिलान्यास आज लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले गरे ।

“भवन निर्माणपछि यस सामुदायिक वन संरक्षण र सौन्दर्यकरण हुने विश्वास लिएको छु,” नगरप्रमुख चौधरीले भने, “यसका साथै पर्यटन व्यवसाय प्रवर्द्धनमा पनि टेवा पुग्नेछ । वनमै कार्यालय बनेपछि वन उपभोक्ता समितिको सक्रियता बढ्ने र जङ्गलमा हुने चोरी–सिकारी न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।”

विगतमा भवन बनाउन नसक्दा आफ्नै घरलाई कार्यालय बनाउनुपर्ने अवस्था रहेको देवीथान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष त्रिपटलाल यादवले बताए ।

“समितिको कार्यालय झोलामा सीमित थियो । लामो प्रयासका बाबजुद भवन बनाउन प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ,” उनले भने, “अब एक वर्षभित्र व्यवस्थित कार्यालय बन्ने भएपछि खुसी लागेको छ ।”

अध्यक्ष यादवका अनुसार भवन परिसरमा वनभोजस्थल र वरिपरि सुन्दर बगैँचा निर्माण हुनेछ । भवनको नजिकै देवीदह र पकडियागढी जस्ता ऐतिहासिक पर्यटकीय स्थलसमेत भएकाले पर्यटक आगमन वृद्धि हुने अनुमान अध्यक्ष यादवको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ८ : २२ बजे

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास