सामुदायिक वनमा पक्की भवन निर्माण हुने « Khabarhub

सामुदायिक वनमा पक्की भवन निर्माण हुने


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्कीे भवन निर्माण हुने भएको छ ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट प्राप्त रु एक करोड ३९ लाख लागतमा भवन निर्माण हुन लागेको हो । उक्त भवनको शिलान्यास आज लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले गरे ।

“भवन निर्माणपछि यस सामुदायिक वन संरक्षण र सौन्दर्यकरण हुने विश्वास लिएको छु,” नगरप्रमुख चौधरीले भने, “यसका साथै पर्यटन व्यवसाय प्रवर्द्धनमा पनि टेवा पुग्नेछ । वनमै कार्यालय बनेपछि वन उपभोक्ता समितिको सक्रियता बढ्ने र जङ्गलमा हुने चोरी–सिकारी न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।”

विगतमा भवन बनाउन नसक्दा आफ्नै घरलाई कार्यालय बनाउनुपर्ने अवस्था रहेको देवीथान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष त्रिपटलाल यादवले बताए ।

“समितिको कार्यालय झोलामा सीमित थियो । लामो प्रयासका बाबजुद भवन बनाउन प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ,” उनले भने, “अब एक वर्षभित्र व्यवस्थित कार्यालय बन्ने भएपछि खुसी लागेको छ ।”

अध्यक्ष यादवका अनुसार भवन परिसरमा वनभोजस्थल र वरिपरि सुन्दर बगैँचा निर्माण हुनेछ । भवनको नजिकै देवीदह र पकडियागढी जस्ता ऐतिहासिक पर्यटकीय स्थलसमेत भएकाले पर्यटक आगमन वृद्धि हुने अनुमान अध्यक्ष यादवको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ८ : २२ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र