भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न « Khabarhub

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनःनिर्माण भएको छ ।

हाल ७० सम्पदाको पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए । ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन । पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनःनिर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जनामात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ ।

भक्तपुरको यक्षेश्वर, भक्तपुरकै पुजारी मठ, चाँगुनारायण मन्दिरका सत्तल, हनुमानढोकाको विष्णु मन्दिर, पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिरलगायत ठूला सम्पदा पुनःनिर्माणको काम अहिले भइरहेको छ ।

शङ्खमूलको जगत्नारायण मन्दिरका विषयमा अदालतमा मुद्दा परेकाले काम रोकिएको छ । जगत्नारायण मन्दिर पुनःनिर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण व्यवसायी नै अदालत गएकाले पुनःनिर्माणको काममा ढिलाइ भएको हो ।

पुनःनिर्माण हुन बाँकी सम्पदामध्ये करिब २० वटा आगामी आर्थिक वर्षमा काम गर्ने गरी बजेट व्यवस्थापनको प्रक्रियामा रहेको प्रवक्ता कुँवरले बताए । आव २०८२÷८३ सम्म ३२ वटा जिल्लाका नौ सय २० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य विभागले लिएको छ । हालसम्म सम्पदा पुनःनिर्माणका लागि सरकारले रु छ अर्ब खर्च गरिसकेको छ । बाँकी सम्पदा पुनःनिर्माण गर्न रु दुई देखि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका दुई सय १५ गुम्बा पुनःनिर्माणको दायित्व सरकारले विभागलाई दिएको छ । त्यसमध्ये हाल २५ वटा गुम्बा पुनःनिर्माण भइरहेका छन् । आगामी आवमा २० वटा गुम्बा पुनःनिर्माण गर्ने तयारी छ ।

गुम्बा पुनःनिर्माणका लागि विभागले सरकारसँग अलग्गै बजेट माग गरेको छ । चार वर्षमा सबै गुम्बा पुनःनिर्माण सक्ने योजना विभागले बनाएको छ । सबै गुम्बा पुनःनिर्माण सक्न रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : ३० बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले