काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।













प्रतिक्रिया